९ जेठ २०७७ , डडेल्धुरा – डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका युवक डडेल्धुरा अस्पतालमा स्क्रव टाईफसको उपचार गराउन आएका थिए। स्क्रव टाईफसको उपचार गरि घर फर्केका उक्त युवकको स्वाब सकंलन परिक्षण पछि कोरोना पोजिटिभ भएको खुल्न आएको हो।
उनी डडेल्धुराको एक सहकारी संस्थामा कार्यरत कर्मचारी हुन्। उनी गत २५ गते काडमाडौबाट डडेल्धुरा पुगेका बताइएको छ। डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रव टाईफस देखिएको अस्पालले जनाएको छ। त्योसँगै चिकित्सकलाई शंका लागि कोरोना परिक्षणका लागि समेत ६ गते नै स्वाब सकंलन गरिएको डडेल्धुरा अस्पतालले जनाएको छ। स्वाब सकंलन पश्चात भने युवकलाई स्क्रव टाईफसको उपचार गरि घर छाडिएको चिकित्सकले बताए।
उनलाई स्वाब सकंलन पश्चात कोरेन्टाइन वा आईसोलेसनमा राख्नुपर्ने भएता पनि स्क्रव टाईफसको औषधि दिएर पठाउँदा अस्पतालले चरम लापरवाही गरेको देखिन्छ। त्योबीचमा ति युवक कुन-कुन ठाउ र कतिजनाको सम्पर्कमा गए भन्ने कुरा खुल्न सकेको छैन। एकदिन डडेल्धुरा अस्पताल बसेका युवकको सम्पर्क अस्पतालभित्र र बाहिर कति जनासँग भयो भन्ने विषयमा एकिन गर्न सकिएको छैन्। उक्त युवको बारेमा थाहा पाउँदा डडेल्धुरा अस्पतालसँगै सदरमुकाममा समेत जोखिम बढेको छ।
स्क्रव टाईफसको उपचार गर्ने क्रममा शंका लागि कोरोना परिक्षण गर्न स्वाब सकंलन गरि धनगढी पठाइएको डडेल्धुरा अस्पतालका प्रमुख मेसु जगदिशचन्द्र विष्टले बताए। परशुराम नगरपालिकाका संक्रमित युवाको डडेल्धुरा अस्पतालमा स्वाब संकलन गरिएको अस्पतालले पीसीआर रिपोर्ट सकंलन गरेर उनलाई छोडेको खुल्न आएको छ। यसरी अस्पतालले चरम लापरवाही गर्दा संक्रमित व्यक्तिले अन्यलाई पनि सारेको हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३