काठमाडौं – काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय कोरोना संक्रमित पुरुष अष्ट्रेलियाबाट आएको खुलेको छ । उनी ३ चैतमा अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएका थिए ।
काठमाडौं महानगरपालिका–१६ का वडा सदस्य पुष्प महर्जनले बताए अनुसार नेपाल आएर उनी घरमै बसेका थिए । विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए ।
पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि पत्नीसहित उनले कोरोना भाइरसको परीक्षण गराएका थिए ।
आइतबार आएको रिपोर्ट अनुसार उनको नतिजा पोजेटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ ।
काठमाडौं आएको दुई महिना भइसकेकाले उनी विदेशबाट आउँदै संक्रमित थिएनन् कि भन्ने आशंका उब्जिएको एक अधिकारीले बताए । अहिले उनको नेपालको यात्रा विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
वडा नं. १६ का स्वास्थ्य संयोजक रामचन्द्र पोखरेल भन्छन्, ‘उहाँले यहीँ तरकारी बजार र डेरीबाहेक अन्त नगएको भन्नुभएको छ । हामीले उहाँको सम्पर्कमा आएका व्यक्तिको विवरण संकलन गरेर पठाइसकेका छौं ।’
हाल उनलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिसकिएको पोखरेलले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३