रौतहट – रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।
कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।
झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।
स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।
कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३