डोटी – बिहीबार कालापानी जाने भन्दै हिँडेका डा. गोविन्द केसी बाटोबाटै फर्किएका छन् ।
विगत तीन महिनादेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा निशुल्क सेवा दिँदै आएका केसी जेठ १ गते दार्चुला पुगेका थिए । केही समय दार्चुला जिल्ला अस्पतालमा सेवा दिएका केसी ११ गते व्यास गाउँपालिकाको केन्द्रस्थित स्वास्थ्य चौकी सुनेसरा पुगेका थिए । सुनसेरा स्वास्थ्य चौकीमा डा. केसीले दुई दिनमा एक सय ७२ जनालाई हाडजोर्नी सम्बन्धी चेकजाँच गरेका थिए ।
बुधबार व्यास गाउँपालिका–२ को दुम्लिङ्ग सामुदायिक स्वास्थ्य ईकाइमा बिरामीको चेक जाँचपछि डा. केसी बिहीबार तिङ्कर हुँदै कालापानी जाने भन्दै हिँडेका थिए । तर उनी छाङरु नपुग्दै फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बिष्टले जानकारी दिए । ‘प्रहरी र स्थानीयहरुले बाटो जोखिमपूर्ण छ, नजानुहोस् भनेका रहेछन्,’ कुरा गर्दै बिष्टले भने, ‘उहाँले मान्नु भएनछ, तर आज फर्केर आउँदै हुनुहुन्छ भन्ने त्यहाँको चौकीबाट जानकारी आएको छ ।’ अब कहाँ जाने भन्ने बारेमा उनले कसैलाई पनि नबताएको प्रनाउ बिष्टले जानकारी दिए ।
डा. केसीलाई सुरक्षा दिनका लागि प्रहरी समेत खटाइएको थियो । प्रहरीले र स्थानीयहरुले गरेको आग्रह समेत अस्वीकार गर्दै कालापानी हिँडेका उनी अन्ततः बाटोबाटै फर्केका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३