काठमाडौँ – विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले भारत लगायतका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कसरी ल्याउने भन्नेबारे निर्णय गर्ने बताइएको छ।
यसअघि हिजो बसेको बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो।
समितिले दैनिक रूपमा दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपाली ल्याउन सकिने निश्कर्ष निकालेको थियो।
त्यस्तै, भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।
यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३