काठमाडौं – सोमबार प्रहरीले जुवाको खालबाट भिआइपी जुवाडे पक्राउ गरेको छ । कमलादीस्थित गगौंर बुटिक होटेलबाट प्रहरीले भिआइपी व्यापारीलाई पक्राउ गरेको हो ।
होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवा खेलिरहेको अबस्थाबाट ९ जना व्यापारीलाई नगदसहित पक्राउ गरेको हो ।
अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका सञ्चालक रहेको बताइएको छ । रामचन्द्र संघाई एनआईसी एशिया बैंकसँग सम्बन्धी हुन । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगी हुन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३