काठमाडौं – काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
उनीहरुमध्ये ३ जना काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । एक जना भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी स्वास्थ्यकर्मी हुन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बताएका थिए । तर चार स्वास्थ्यकर्मी सबै काठमाडौं मेडिकल कलेजको नभई एक जना मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको भएको खुलेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३