काठमाडौँ – सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो ।
तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने थियो ।
सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन मोडालिटी ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियो ।
समितिले शनिबार पहिलो चरणमा छलफल गरेको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउन छलफल गरेको स्रोतले बताएको छ । समितिले आइतबार पनि लकडाउनको मोडालिटीको विषय छलफल गर्ने छ र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले मोडालिटीलाई आवश्यकता हेरेर अन्तिम निर्णय गर्नसक्ने समितिका एक अधिकारीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७