काठमाडौँ – कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारीरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।
सिहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना परिक्षणका लागि पिसिआर बिधिलाइ बढाउदै प्रभावकारी रूपमा काम अघि बढाउने निर्णय गरेको हो ।
बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै कोरोना जोखिम कायमै रहेको भन्दै भौतिक दुरि कायम गरि गतिविधि गर्न पनि अपिल गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
बैठकले कोरोना क्वारेन्टाइको अवस्थामा सुधार गर्न प्रतिबद्ध रहेको निष्कर्ष पनि निकालेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३