काठमाडौं – नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई नकारात्मक प्रतिक्रिया जनाउँदै यसले सीमा विवाद वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भएको टिप्पणी गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले नयाँ नक्सा प्रतिनिधिसभाबाट पारित गरेको जानकारी पाएको बताउँदै यसले वार्ताको वातावरण बिगार्ने उल्लेख गरेका हुन् । नयाँ नक्शा अनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनप्रति भारतको विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर नेपालले भारतको केही क्षेत्रलाई नक्शामा समेटेको प्रतिक्रिया दिएको हो ।
भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्शाका लागि नेपालको संविधान संशोधन भएको नोटमा लिएको बताएका हुन् । ‘नेपालको प्रतिनिधि सभाले भारतीय भूमि समेटेर नेपालको नक्शा परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा राखेका छौं । यो विषयमा हामीले पहिला नै हाम्रो स्पष्ट धारणा राखिसकेका छौं’ श्रीवास्तवले भनेका छन् ।
लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको आरोप पनि भारतले लगाएको छ । यसअघि पनि नेपालले कालापानी क्षेत्र समेटेर नयाँ नक्शा सार्वजनिक गर्दा पनि भारतले आपत्ती जनाएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७