काठमाडौँ – कोरोना भाइरसका कारण आज विश्व रक्तदाता दिवसमा नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाले रक्तदातालाई एसएमएस पठाई धन्यवाद दिएर मनाइएको छ।
“आज विश्व रक्तदाता दिवसमा निस्वार्थ मानवीय भावनाले अरूको जीवनदान गर्ने रक्तदाताहरूलाई मनैले सम्झेर भए पनि धन्यबाद दिन्छौं र नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाले लकडाउन अवधिभरि रक्तदान गर्नु हुने सम्पुर्ण ५०० जना दाताहरूलाई एसएमएस पठाई धन्यवाद दिदै यस अभियानलाई निरन्तर सहयोग गर्न अपिल गर्यौं ।” सदस्य सचिन सागर महर्जनले बताए ।
पहिले संस्थाको वार्षिकोत्सव या अन्य विशेष दिनमा मात्र बढीजसो रक्तदान गर्ने प्रचलन भएकोमा त्यो प्रचलन तोड्न चाहेको उपशाखाका सचिव प्रकाश अमात्यले बताए । प्राय: यस्ता कार्यक्रममा फजुल खर्च हुने गरेको र रक्तदान सेवाको काम भएका कारण आवश्यक परेका मानिसको ज्यान बचाउने हो, देखावटी होइन’ – अमात्य बताउछन् ।
ब्लड ग्रुपका पिता कार्ल ल्याण्डस्टिनरको जन्मदिन अर्थात् जुन १४ को अवसर पारेर विश्व रक्तदाता दिवस मनाइने गरिन्छ ।
नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको प्रेस विज्ञप्ति :
लकडाउनलाई दृष्टिगत गरेर रगतको कमी हुन नदिन टोल–टोलमा ‘एक घर एक रक्तदाता’ अभियान सुरु गरेका थियौं । अभियानले रगत आवश्यकता भएकाहरूलाई ठूलो राहत दिएको छ । रक्तदातालाई बाहिर निस्कन सहज होस् भनेर दाताकै टोलमा कार्यक्रम गरिरहेका छौँ । यसका लागि महाबौद्धको रेडक्रस उपशाखा र भक्तपुर रक्तसञ्चार केन्द्र (ब्लड बैंक) बीच समन्वय भइरहेको छ । “पहिले संस्थाको वार्षिकोत्सव या अन्य विशेष दिनमा मात्र बढीजसो रक्तदान गर्ने प्रचलन थियो । म त्यो प्रचलन तोड्न चाहन्छु । प्राय: यस्ता कार्यक्रममा फजुल खर्च हुन्छ । रक्तदान सेवाको काम हो । आवश्यक परेका मानिसको ज्यान बचाउन हो, न कि देखावटीका लागि ।” सचिव प्रकाश अमात्यले औंल्याउनु भयो।
“आज विश्व रक्तदाता दिवसमा निस्वार्थ मानवीय भावनाले अरूको जीवनदान गर्ने रक्तदाताहरूलाई मनैले सम्झेर भए पनि धन्यबाद दिन्छौं र नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाले लकडाउन अवधिभरि रक्तदान गर्नु हुने सम्पुर्ण ५०० जना दाताहरूलाई एसएमएस पठाई धन्यवाद दियौं र यस अभियानलाई निरन्तर सहयोग गर्न अपिल गर्यौं ।” सदस्य सचिन सागर महर्जनले बताउनु भयो ।
कोरोना भाइरस रगतबाट सर्छ कि सर्दैन भन्ने अहिलेसम्म पुष्टि भएको छैन । यसमा निरन्तर अनुसन्धान भैरहेको छ र हालसम्म कुनै प्रमाण फेला परेको छैन । कोभिड १९ भाईरसको संक्रमण संक्रमितको श्वासप्रश्वासवाट सर्र्ने हो यस अवस्थामा दाताको सम्पूर्ण विवरण भरेर, विदेश भ्रमणबारे उल्लेख गरी कुनै दीर्घकालीन रोग लागे/नलागेको बारे सोधपुछ गरेर मात्र संकलन गरिने गरेको छ । टोल–टोलमा गरिने हुँदा एकले अर्काेलाई चिनेको हुन्छ । फेरि दाताको विवरण पनि भर्न लगाएकै छौँ । महामारीमा रगतको माग दाताको कमीले बढेको हुनाले घर घरै रक्तदाता बनाउने अभियानले तिव्रता पाउनु पर्नेमा कुनै दुईमत छैन ।
संदेश मानवताको रक्षा गर्दै विरामीका जीवन वचाउन हाम्रो आव्हानमा रगतदान गरी यहॉंले पुर्याउनु भएको अमूल्य योगदानको कदर गर्दै आज १४ जून “विश्व रक्तदाता दिवस”को उपलक्ष्यमा विषेश धन्यबाद दिन चाहन्छौं । आशा छ यहॉंले “एक घर एक रक्तदाता” अभियानलाई निरन्तर सहयोग गर्नु हुनेछ र आगामी कार्यक्रममा पनि सहकार्य गर्नु हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७