वीरगन्ज – भारतबाट फर्किएर होटलको क्वारेन्टाइनमा बसेका २ जनामा मङगलबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको आदर्शनगरस्थित कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका मध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूषको रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु डा.मदनकुमार उपाध्याय पुष्टि गरेका हुन् ।
जेठ २३ गते रक्सौलहुँदै वीरगन्ज आइ पुगेका दुबैजनालाई वीरगन्जको आदर्शनगरमा रहेको कन्ट्री इन होटलमा राखिएको थियो । मङगलबार संक्रमण पुष्टि भएका वीरगन्जर ३ का ३१ वर्षीय पुरूष भारतको नयाँ दिल्लीबाट आएका थिए भने वीरगन्जको वडा नम्बर ४ का २३ वर्षीय पुरूष भारतको बेङ्गलोरबाट आएका थिए ।
संक्रमण पुष्टि भएपछि दुवै संक्रमीतलाई होटलबाट गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको मेसु उपाध्यायले जानकारी दिए। कन्ट्री इन होटलमा अब १६ महिला र १७ पुरुष गरी ३३ जना मात्र रहेको होटलका संचालक हरि पन्तले जानकारी दिए ।मङगलबार २ जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
पर्सामा सोमबार पनि ३ जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आइतबार ५ जना स्वास्थ्यकर्मी, १ एम्बुलेन्स चालकसहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३