एजेन्सी – भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।
यस क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतः दैनिक भास्कर
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३