काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही अमेरिकी राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरु बढे पनि अब पुनः लकडाउन भने नगरिने बताएका छन् । केही राज्यमा कोरोना भाइरसको संक्रमित बढिरहेको समाचार आएसँगै ट्रम्पले अब पुनः व्यवसाय बन्द गर्न नसकिने बताएका हुन् ।
फक्सन्युज च्यानलसँगको कुराकानीमा उनले आफूले मुलुकलाई बन्द गर्न नसक्ने बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहकार लेरी कुड्लो र अर्थमन्त्री स्टिभन म्नुशिनले पनि अमेरिकामा पुनः लकडाउन गर्न नसकिने बताएका थिए ।
गत मार्चमा कोरोना भाइरसको महामारी बढेसँगै अमेरिकामा रेष्टुरेन्ट, जिम, स्कुल र अन्य क्षेत्रहरु बन्द गरिएको थियो । अहिलेसम्म कोरोना भाइरसको कारण २१ लाख ६३ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख १७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
स्रोत :अलजजिरा
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३