लद्दाख भिडन्तपछि चीनले आफ्नो कब्जामा लिएका १० भारतीय सैनिकलाई रिहा गरेको छ । लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चीनले रिहा गरेको हो ।
रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ । भारत सरकारले भने सैनिकहरुको रिहाइबारे केही जनाएको छैन । उसले लद्दाखको भिडन्तमा भारतीय सैनिकहरु बेपत्ता भएकोबारे पनि केही बोलेको थिएन ।
गत सोमबार गल्वान उपत्यकाको विवादास्पद सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । घटनामा ७६ भारतीय सेना घाइते भएको बताइएको छ । घटनापछि केही सैनिक सम्पर्कविहीन बनेका थिए ।
बुधबार दुई देशका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको समाचार सार्वजनिक भएको थियो । विवाद कम गर्न दुई देशका उच्च सैन्य अधिकारीबीच पनि वार्ता भएको थियो । वार्तामा भारतीय पक्षले राखेको पहिलो मागअनुसार चीनले आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा गरेको अनुमान गरिएको छ । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३