काठमाडौं – साउदी अरबबाट १ सय ५७ जना नेपाली बोकेको पहिलो उडान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
साउदी अरबको दोश्रो सहर दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्समार्फत उनीहरु शुक्रबार बिहान साढे ७ बजे काठमाडौं अइपुगेका हुन् । जसमा ४ जना गर्भवती महिलासहित ८ जना महिला छन् । एक जनाको शव पनि छ ।
पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आउँदो मंगलबार तय भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३