काठमाडौँ – आर्थिक अपचलनको अभियोगमा महिना दिनदेखि सैनिक हिरासतभित्र रहेका जर्नेल प्रयोग समशेर जबरालाई कोर्ट अफ इन्क्वायरीको सिफारिसबमोजिम सैनिक अदालत गठन गरी कार्बाही प्रकृया शुरु गरिएको छ।
हालै मध्य पश्चिम पृतना बुटवलबाट जङ्गी अड्डामा सरुवा भई आएका उपरथी सीताराम खड्कालाई सैनिक अदालत प्रमुखको जिम्मेवारी दिएर अख्तियार पत्रसमेत दिइसकिएको छ भने यसै साता सैनिक अदालतले पूर्णता प्राप्त गरी जर्नेल प्रयोगसहित महासेनानी नवीन सिल्वालउपरको अभियोगमा सुनुवाइ थालिनेछ ।
३२ बर्षको सेवा अवधिमा प्रयोगले धेरै नै आर्थिक हिनामिना गरेको भएपनि यसपटक भने पाँचखाल शान्तिसेना तालिम केन्द्रको भ्रष्टाचारको मात्र सुनुवाइ हुनेछ। करिब २ बर्ष त्यहाँ हाकिम भएको बेला निजले रासन,सरकारी बजेट , कल्याणकारी निर्माण बजेट,फायरिङ रेन्ज निर्माण बजेट, विभिन्न तालिम को लागि युएनबाट प्राप्त बजेट र युएस आर्मीले निर्माण तथा गाडी खरिदका लागि दिएको बजेटसमेत करिब ८ करोड हिनामिना गरेको तथ्य निस्किएको बुझिएको छ ।
आर्थिक मामिलामा चोखो मानिने जर्नेल खड्काले कुनै कसर नराखी ३/४ करोड जरिवानाको साथै ५/७ महिना जेल हाल्ने जङ्गीअड्डामा गाइँगुइँ छ ।
साथै कर्णेल नवीन सिल्वालको हकमा भने आफूभन्दा अघिको हाकिमको भ्रष्टाचारबारे मथिल्लो निकाय लाई जानकारी नदिई जिम्मेवारी बहन नगरेको दोषमा सैनिक ऐनअनुसार सचेत गराइने अनुमान छ। जन आस्थाबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७