काठमाडौँ – बालकुमारीमा आइतबार राति तीन वटा गाडी एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा दुई जना घाइते भएका छन्।
आइतबार राति पौने आठ बजे कोटश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा१२च २८२५ नम्बरको भ्यान र ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा५च ९१६१ नम्बरको कार जुधेका थिए। उक्त कारको पछिपछि जाँदै गरेको बा७च ८२२७ नम्बरको अर्को कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
बा७च ८२२७ नम्बर कारका चालक र भ्यानमा रहेका एक जना घाइते भएका छन्। उनीहरू दुवैलाई बिएण्डबी अस्पताल लगिएको सातदोबाटो प्रहरी वृत्तका सई भोलासिंह अधिकारीले जानकारी दिए। घाइतेहरू बारे पूर्ण जानकारी नआइसकेको पनि उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७