काठमाडौं– लकडाउनका कारण अस्ट्रेलियामा लामो समयदेखि अड्किएका २५८ नेपाली आज मंगलबार स्वदेश फर्कँदैछन्।
अस्ट्रेलियाको सिड्नीबाट नेपाल एयरलाइन्समार्फत् फर्कने उनीहरु अधिकांश ज्येष्ठ नागरिक भएको एनआरएनए अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताए।
यसअघि जेठ २७ गते अस्ट्रेलियाबाट ११ नेपाली स्वदेश फर्किएका थिए। उनीहरु समस्यामा परेका भन्दा पनि पहुँचवाला रहेको आरोप थियो ।
अस्ट्रेलियाबाट स्वदेश फर्कन सरकारले १६ सय १५ अमेरिकी डलर भाडा तोकिदिएको छ।
अमेरिकाबाट नेपाल फर्कनेहरुकोे पिसिआर परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको उल्लेख गरिएको छ। यसका लागि नेपाली मुलका डाक्टरहरुको संस्था अस्ट्रेलियन मेडिकल डेन्टल एशोसियसनले सहयोग पुर्याएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७