वीरगञ्ज – नेपाली सेनाले खरिद गरेको रि-एजेन्ट काम नलाग्ने भएपछि वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा कोरोना परीक्षण रोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको रि-एजेन्ट काम नलाग्ने हुँदा ल्याब बन्द गर्नुपर्ने अवस्था आएको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ल्याब बन्द भएपछि दुई दिनमा संकलन भएका झण्डै १२०० स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको छ ।
डा. पाठकका अनुसार स्वास्थ्य मन्त्रालयले एक एमएलको भीटीएममा लाग्ने रि-एजेन्ट पठाएको छ । नेपाली सेनाले सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किनेको थियो । त्यही मन्त्रालयले देशभरका ल्याबहरूमा पठाएको छ ।
नारायणी अस्पतालको ल्याबले तीन एमएलको भीटीएममा स्वाब संकलन गरिरहेको छ।
यसमा मन्त्रालयले पठाएको रि-एजेन्ट प्रयोग गरेर परीक्षण गर्दा राम्रो रिजल्ट नआएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । ‘पछिल्लो समयमा सरकारले पठाएको सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किट काम नलाग्ने परेको छ । प्रयोग गर्दा रिपोर्ट राम्रो आएन’ उनले भने ‘एक हजार थान आएको थियो, कामै नलाग्ने देखियो ।’
उनका अनुसार यसबारे स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायतका सरोकारवाला निकायमा लिखित जानकारी गराइएको छ ।
साथै प्रयोगशालासँग मिल्ने खालको रि–एजेन्टका लिनका लागि एम्बुलेन्स काठमाडौं पठाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३