काठमाडौं – उपत्यका भित्र डेरा गरि बस्ने डेरावालहरुले अब पिसीआर टेष्ट गराउन नपर्ने भएको छ ।
गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।
उपत्यका बाहिरबाट काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेलाई घरधनीहरुले अनिवार्य पीसीआर टेष्ट गराउन दवाव दिएपछि टेकु अस्पतालमा दैनिक हजारौं मानिसहरुको भिड आउन थालेपछि गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरेर यस्तो बाध्यता नगराउन निर्देशन दिएको हो ।
उपत्यका बाहिरबाट आउनेबित्तिकै बिना लक्षण पीसीआर टेष्ट गराउने विषय स्वास्थ्य मन्त्रालयले समेत पत्रकार सम्मेलनमा समेत उल्लेख गरेको हुनाले गृहमन्त्रालयको ध्यान आकर्षण भएको जनाएको छ । साथै गृह मन्त्रालयबाट निर्देशन जारी भएपछि पनि यस्तो गतिविधि नरोकिए आवश्यक कारवाही गर्न समेत निर्देशनमा भनिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३