काठमाडौँ – अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । द हिन्दूका अनुसार हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकोले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको जनाएको छ ।
एअर इण्डियाले चार्टर्ड उडान भनेर अनुमति लिए पनि यात्रुसँग टिकट काटेर उडान गरेपछि प्रतिबन्ध लगाइएको अमेरिकाको यातायात विभागले जनाएको छ ।
अमेरिकाले एअर इण्डियाको कार्यलाई विभेदकारी र अपारदर्शी कामको संज्ञा दिँदै आफ्नो देशको हवाई कानुनको गम्भीर उल्लङ्घन भएको जनाएको छ । यसले दुई देशबीचको हवाई सम्झौताको पनि उल्लङ्घन भएको अमेरिकाले जनाएको टाइम्स अफ् इण्डियाले लेखेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३