काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा नेपालमा थप दुई जनाको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ।
असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।
निमोनिया र मधुमेह रोगबाट पीडित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
त्यस्तै, बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका चितवनका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३