विराटनगर – विराटनगरमा विवाह गर्न कार्ड समेत बाँडिसकेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि विवाह रोकिएको छ । विराटनगर महानगरपालिकाका अनुसार भारतको दिल्लीमा अध्ययन गर्दै आएका २२ वर्षीय युवकमा कोभिड १९ पुष्टि भएको हो।
महानगरपालिका स्रोतका अनुसार विराटनगर-१२ पानीटंकी निवासी युवकको घरमा आमा र बुबा मात्र रहेको र विवाहका लागि युवक पाँचदिन अघि घर आएका हुन्।
भारतबाट आएपछि क्वारेन्टाइनमा बस्न नमानेपनि महानगरले उनलाई बजारको क्वारेन्टाइनमा राखेको थियो। यसैक्रममा उनको पीसीआर स्वाब परिक्षण गरिएको थियो।
बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। कार्कीले संक्रमित युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको बताए। कार्कीका अनुसार महानगरमा हालसम्म ४ महिला र ४ पुरुष गरि कुल ८ जनामा कोरोनाभाइरस कोभिड १९ पुष्टि भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३