काठमाडौं – काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा प्रहरीले गोली चलाएको छ ।
बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।
उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’
काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले भने, ‘प्रहरीलाई छेक्न बाटोमा बम राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’
मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३