भारत र चीनबीच युद्धको सम्भावना बढेको छ । लदाखको गलवान क्षेत्रमा दुवै देशको सैनिक भिडन्तको अवस्था तयारी अवस्थामा रहेसँगै युद्धको सम्भावना बढेको हो । दुवै देशले स्थल, वायु र जल सैनिकलाई एलर्ट राखेको खबर आएको छ ।
गलवानको यसअघि भिडन्त भएको क्षेत्रमा चीनले ठुलो संख्यामा सैनिक र सैन्य उपकरण तयारी अवस्थामा राखेको तस्बिर सार्वजनिक भएको छ । स्याटलाइट तस्बिरमा चीनको ठुलो संख्यामा सैन्य उपस्थिति देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त स्थान विवादित भुमि हो जसलाई भारत र चीन दुवैले दाबी गर्दै आएका छन् ।
भारतले चिनियाँ सेनाको गतिविधिप्रति गम्भीरता देखाउँदै विगतको सम्झौता पालना गर्न भनेको छ । विवादित क्षेत्रमा सैन्य गतिविधि नगर्ने सम्झौताको पालना नगरे उत्पन्न परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ । भारतको विदेश मन्त्रालयले बिहिबार साँझ विज्ञप्तिमार्फत् हालको परिस्थितिले सम्बन्ध विकासको वातावरण बिगार्ने समेत भनेको छ ।
भारत चीन सिमाको डेढ किलोमिटर भारतीय क्षेत्र भित्रसम्म चिनियाँ सेना प्रवेश गरी पूर्वाधार निर्माण गरेको भारतीय रक्ष विज्ञहरुको भनाई रहेको छ । यसले त्यहाँ युद्धको खतरा बढाएको छ । कुनैपनि बेला भिडन्तको सम्भावना रहेको छ ।
चीनले दश हजार भन्दा संख्यामा गलवान उपत्यकाको क्षेत्रमा सैनिक परिचालन गरिसकेको छ । भारतले पनि ३० हजारभन्दा बढी सैनिक पुर्याएको खबर छ ।
चीनले रणनीतिक मार्ग नै रोकिने गरी सैनिक परिचालन गरेको भारतको आरोप छ । कतिपय भारतीय भुमिमा चिनियाँ सैनिक पसेको खबरहरु आइरहेका छन् जसलाई चीनले आफ्नो दाबी गरेको छ ।
चीनले पाकिस्तान नियन्त्रित काश्मिरको कतिपय भुभागमा समेत कब्जा जमाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । द्रुत गतिमा पाकिस्तान शासित काश्मिर र गिलगिट बलतिस्तानको महत्वपूर्ण भुभागमा कब्जा जमाएको भनेको छ । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३