काठमाडौँ – सिन्धुली तीनपाटन गाउँपालिकामा सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको अर्को वडामा लैजान दिने भनी घुस लिइ पक्राउ परेका दुई व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीन बहादुर घोलेको साथबाट तीन लाख रुपैया बरामद भएको थियो भने जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तीर्थ बहादुर रानाको साथबाट ३० हजार ५ सय रुपैया बरामद भएको थियो।
दुवै जनालाई घुस लिएको रकम बराबरको बिगो रकम जफत हुने मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७