काठमाडौं – आजदेखि शेयर बजार खुल्ने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गते (आज)देखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
कारोबार ५ घण्टाबाट घटाएर ४ घण्टा बनाउने निर्णय गरेको छ । बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म साविककै सर्किटको व्यवस्थाबमोजिम कारोबार सञ्चालन गर्ने नेप्सेको भनाइ छ । सर्किट ब्रेकर, मूल्य सीमा परिवर्तनमा नियमहरू गत चैत १० गतेभन्दा अघिकै अनुसार हुने निर्णय नेप्से बोर्डले गरेको छ ।
कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड १९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ । बोर्डले ब्रोकरहरुले पनि घरबाटै शेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।
धितोपत्र बोर्डले बजार सञ्चालनका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले स्क्रीन रूम सञ्चालन गर्न पाउने छैनन् । ब्रोकरहरूसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोबार गर्न बोर्डले भनेको छ । स्वास्थ्य सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्ने बोर्डले जनाएको छ ।
कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको शेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।
गत चैत १० गतेदेखि बन्द बजार लकडाउनका विच वैशाख ३० र ३१ गते खुला भएपनि पुनः बन्द भएको थियो । यो विचमा बजारमा सुधार गर्नुपर्ने केहि कुराहरु सुधार गरेर खुला गर्न लागिएको बोर्डको भनाई छ ।
बजार खुला गर्ने निर्णय गर्नुपूर्व बोर्डको नेतृत्वमा गत साताको आइतवार बजार सम्वद्ध सरोकारवाला निकायहरुहरु सम्मिलित अध्ययन कमिटि गठन भएको थियो । उक्त कमिटिले बजार सुचारु गर्न सुझाब दिएसँगै बोर्डले सोमवारदेखि खुला गर्ने निष्कर्ष निकालेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३