कृष्णा यादब, वीरगञ्ज – पर्सा प्रहरीले नेपालबाट भारततर्फ अबैध रुपमा निकासी हुँदै गरेको ठूलो मात्राको छोकडा, केराउ र मरिच पक्राउ गरेको छ ।
ट्याक्टरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले बुधबार क्वोरेक्स १६ बोटलसहित वडा नम्बर ३ छपकैया बस्ने अमन शेखलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पन्तले बताइन् ।
पक्राउ गरिएको छोकडा, मरिच, केराउ, ज्वानोको बजार मूल्य करीव ७ लख ८८ हजार ३ सय ५० हजार रुपियाँ बराबरको रहेको छ ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर ना ३ त ७०० नम्बरको उक्त ट्याक्टर चालक वीरगञ्ज १६ ईनार्वा निवासी वर्ष ३६ को वीरेन्द्र पटेललाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालबाट अबैध रुपमा बरामद गरेको उक्त छोकडा पर्सा जिल्लाको विभिन्न नाकाको दशगजा क्षेत्र नजिकैबाट बरामद गरेको थियो ।
पर्सा प्रहरी क्राइम ब्राञ्चका प्रहरी निरीक्षक रविभुषण यादबले तस्करीको समान नियन्त्रणमा लिएको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३