काठमाडौं – काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिकाका विभिन्न स्थानहरुमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् ।
देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए । ‘ठूलो झुण्ड छ, नागार्जुनको डाँडामा र केही दक्षिणपूर्व ललितपुरतर्फ फर्कदै गरेको हाम्रा प्रविधिकले पत्ता लगाएका छन्’ उनले भने ।
स्वयम्भू हुँदै उत्तरतर्फ गएको झुण्ड ठूलो थियो, त्यो नार्गाजुनको डाडाँमा पुगेर एक समूह ललितपुरतर्फ फर्किएको र एक समूह जंगलमा बसेको वा नुवाकोटतर्फ जानसक्ने हुमागाइँले बताए ।
आइतबार दिउँसो ४ बजे सिन्धुली आइपुगेको सलहको समूह काभ्रे हुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो । काठमाडौं आउने सलह त्यही हो वा नयाँ भन्ने नखुलेको प्राविधिकहरुले बताएका छन् । अपरान्ह दुई बजे वीरगञ्ज क्षेत्रबाट सलहको एउटा समूह नेपाल प्रवेश गरेको थियो । प्राविधिकहरुले काठमाडौं आएको समूह त्यही हो वा नयाँ हो भनी विश्लेषण गरिरहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३