काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् ।
पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।
स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।
उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३