काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।
अछाम रामरोशन गाउँपालिका ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो ।
उनी मधुमेहबाटसमेत पीडित भएको गौतमको भनाइ छ । उनको मृत्युपछि लिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। बुधबार मात्र चार सय ८२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार नाघेको हो ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३