सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
दैलेखको भगवतीमाई गाउँपालिका३ सानतडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घुस मागेको अख्तियारले जनाएको छ । अख्तियारले मल्लका साथै सब–इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेसमेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
अख्तियार टोलीले इन्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सब—इन्जिनीयर चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो । हिजो राति सदरमुकामस्थित मल्लको क्वाटरमा खानतलासी गर्दा सो रकम फेला परेको हो । अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका चारै जनाको पिसिआर परीक्षण गरेर काठमाडौँ पठाउने जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३