सुर्खेत – क्वारेन्टिनमा बसेको एक महिना बित्दा पनि आरटी-पीसीआर रिर्पोट नआएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागेका छन् । बनगाड कुपिण्डे नगरपालिका-३, को आधारभूत विद्यालय लहाघाटबाट बिहीबार ७० जना भागेर घर गएका हुन् ।
क्वारेन्टिनमा बसेका ७३ जनामध्ये ७० जना एक महिना बित्दा पनि पीसीआर रिर्पोट नआएको भन्दै भागेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । ‘पीसीआर रिर्पोट आउन अलि ढिला भएकै हो । परीक्षणका लागि सुर्खेत पठाएका थियौं तर सुर्खेतको मेसिन बिग्रिएपछि बाहिर जिल्ला पठाएका छौं,’ उनले भने,’अबको एक/दुईदिनमा रिपोर्ट आउँछ ।
यसअघि पनि क्वारेन्टिनमा बसेकाहरूले पटक-पटक आन्दोलन गर्दै आएको उनको भनाइ छ । ‘उनीहरू पहिलेदेखि नै अलि उग्र थिए, पहिला पनि पटक-पटक आन्दोलन गर्दै आएका थिए, आज त प्रहरीलाई नै ढुंगामुढा गरेर भागे,’ प्रमुख पोखरेलले भने ।
भागेकामध्ये तीनजना आरडीटी पोजेटिभ आएका पनि छन् । भारतबाट उनीहरू जेठ १९ गतेदेखि सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गर्दा तीनजनामा पोजेटिभ देखिएको थियो । सँगै बसेका तीनजनमा आरडीटी पोजेटिभ देखिएपछि सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख पोखरेलले बताए ।
क्वारेन्टिनबाट भागेकाहरूको खोजी भइरहेको नगरपालिकाका मेयर गोविन्द पुनले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३