कृष्णा यादव, बीरगंज – पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले आज १ सय १० जना पत्रकारहरुलाई आवश्यक सामग्री वितरण गरेकी छन् ।
बिन्दवासिनी गाउपालिकाकी उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यवनप्राश, मास्क र केही औषधीहरु वितरण गरेकी हुन् ।
कोरोना भाईरसको माहामारीको वेलामा पनी जोखिमको फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई ईम्युनिटि पावर बढाउने केही स्वास्थ्य समाग्री वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै उपमेयर गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम ईम्युनिटि पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस युनियनका पर्सा अध्यक्ष रामनारायन कुर्मी, आरसी यादव लगायत पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३