झापा – झुठो विवरण पेश गरेर विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोग लागेका एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
झापाका एसपी कृष्ण कोइरालाका अनुसार १० मंसिर २०७२ मा झुठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको कसुरमा जिल्ला अदालत, झापाले आचार्यविरुद्ध वारेन्ट जारी गरेको थियो ।
उनलाई आवश्यक कारबाहीका लागि आइतबार अदालतमा हाजिर गराइएको कोइरालाको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३