काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकमा रहँदा भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा हुनुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ बराबरको रकम दुरुपयोग गरेको पाइएको छ।
बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आयोगले आरोपी कोइरालाले हानिनोक्सानी पुर्याएको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७