तनहुँ – बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारमा रहेको कुवेर आयल स्टोर्समा विधुतीय चार्जिङ स्टेशन निर्माण भइ सञ्चालनमा ल्याइएको छ ।
पृथ्वी राजमार्ग भएर गुड्ने विधुतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरिएको बताइएको छ । पेट्रोलियमा पदार्थको चरम अभाव भएको नेपालमा विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने सरकारी नीति अनुरुप देशभरिमा २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना अनुसार डुम्रे बजारमा पनि सो स्टेशन निर्माण गरि सञ्चालनमा ल्याइएको हो ।
विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थमा परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।
वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकारको सार्वजनिक निजी साझेदारीको आधारमा सो स्टेशन निर्माण गरिएको बताइएको छ । ‘
स्टेशन निर्माणका लागि डिभिजन वन कार्यालय, तनहुँले ५ लाख रुपैया अनुदान दिएको, बन्दीपुर गाउँपालिका र कुवेर आयल स्टोर्सले व्यवस्थापन गरेको बताइएको छ ।
सो चार्जिङ स्टेशनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ ।
पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा नेपालमा केही वर्ष यता विद्युतीय सवारी साधनको आर्कषण बढ्दै गएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३