काठमाडौं – बेलायतको अफिस अफ नेशनल स्ट्याटिस्टिक्स (ओएनएस)का अनुसार कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित मानिसमा केवल २२ प्रतिशतमा मात्र यसको लक्षण देखिएको थियो । यससँगै बेलायतमा लक्षण नदेखिएका मानिसबाट कोरोना भाइरसको संक्रमण धेरै फैलिएको हुन सक्ने आशंका पैदा भएको छ ।
कोरोना भाइरसको संक्रमण देखिए पनि संक्रमितलाई नै थाहा नहुने भएको कारण उनीहरुबाट धेरै मानिसमा यो भाइरसको संक्रमण फैलिने जोखिम बढी रहेको पाइएको हो । बेलायतमा लगातार दोस्रो साता कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा औसतभन्दा कम देखिएको छ ।
ओएनएसले यो सर्वेक्षणका लागि केवल १२० कोरोना संक्रमितको परीक्षण रिपोर्ट अध्ययन गरेको थियो । त्यसैले यो नतिजाको आधारमा निष्कर्षमा पुग्न नसकिने पनि विशेषज्ञहरुले बताएका छन् ।
अध्ययनका अनुसार स्वास्थ्य र समाज सेवामा काम गर्ने वा घरभन्दा बाहिर रहेर काम गर्ने मानिसलाई कोरोना भाइरसको जोखिम पनि बढी हुने गरेको पाइएको छ । नश्लीय अल्पसंख्यक मानिस र ठूलो परिवारमा बस्ने मानिसहरुमा कोरोना भाइरसको जोखिम बढी रहेको पाइएको थियो ।
स्रोत : बीबीसी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३