काठमाडौं – सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज ९ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ९६५ रहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९५५ रुपियाँमा कारोबार भएकोमा आज २० रुपियाँले बढेर ९८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७