महेश सिंह , सिरहा – स्वतन्त्र मधेश गठवन्धन र वर्तमान जनमत पार्टीबाट दर्जनौ नेता तथा कार्यकार्ता लहानमा पत्रकार सम्मेलन गरी परित्याग गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सि के राउत र उनका केहि कार्यकर्ताहरुले जिल्लामा गुट उपगुट बनाई पार्टीको हित विपरित कार्य गरि लोकतान्त्रिक पद्यतिलाई मान मर्दन गरि आफु अनुकुल अधिनायकबाद शैलिमा कार्यकर्तालाई धाक धम्कि देखाइ पार्टी भित्र एकल तानाशाहि चलाउने संंज्ञा प्रेस विज्ञप्ति मार्फत जानाएका छन् ।
विज्ञप्तिमा १९ बुंदे तानासाहि र त्रुटिपुर्ण कुराहरु बुंदागत रुपमा पुर्व सिरहा जिल्लाका संयोजक चन्देश्वर महतो, पुर्व सिरहा जिल्ला संयोजक केदारनाथ यादव, लहान नगरपालिका संयोजक देवकान्त सिहं लगायत दर्जनौ पालिका संयोजकको हस्ताक्षर विज्ञप्तिमा उल्लेख रहेको छ ।
सिरहाका पुर्व जिल्ला संयोजक केदारनाथ यादवले भने जाने वेला न हामी भनेरै गएका थियौ निस्किने बेलामा पनि हामी न भनेरै निस्कियौ,यहाका तानाशाहि प्रवृति मन परेन ।
त्यसै सन्दर्भमा लहान नगरपालिका संयोजक देवकान्त सिहंले आक्रोस पोख्दै भने मधेश स्वतन्त्रताको मुदा छोडेको जय स्वराज जस्ता शब्द विधानबाट हटाएकाले के. पि ओलि भन्दा पनि खतरनाक मधेश विरोधि भएको बताए ।
सम्मेलनमा ४५ भन्दा बढि नेता कार्यकर्ताको सहभागि सहित सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गर्दै सदैव मधेश र मधेशीको स्वभिमान, स्वधिन्ता, मुक्ति र नैसर्गिक अधिकार प्रप्तिका लागि राज्यसंग निरन्तर लड्ने बताए ।
सम्मेलनमा नरहा गाँउपालिकाका सक्रिय कार्यकर्ता मनोज यादवले पार्टी परित्यागको प्रेस विज्ञप्ति प्रस्तुत गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७