वीरगंज – नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ४ को एकाई अध्यक्ष श्रिकान्त यादबले आज एक प्रेस बिज्ञप्ति मार्फत जगरनाथपुरबाट नेपाली काग्रेसका साधारण सदस्यहरु समेत कुनै कतै पार्टी प्रवेश नगरेको बताएका छन्।
पर्सा क्षेत्र नं. ४ काे “क” का इकाई समिति अध्यक्ष श्रिकान्त यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ २३ गतेका दिन जगरनाथपुर गाउँपालिकाको वार्ड नं. ६ औराहाभन्ने ठाउँमा केही व्यक्तिहरुको जमात खडा गरी अफ्नो आसेपासेहरुलाई जमघट गरेको भेलालाई पार्टी प्रवेशको रुपमा चित्रण गरीएको प्रति खेद प्रकट गरेका छन् ।
पर्सा जिल्ला क्षेत्र न ४ अन्तर्गत पर्ने जगरनाथपुर गाऊपालिकामा नेकपाले आफ्नो आसेपासेलाई जमघट गरेको भेलालाई पार्टी प्रबेशको रुपमा विभिन्न मेडियाहरुमा नेपाली काग्रेसको ५० जना कार्यकर्ता पार्टी प्रबेश गरेको समाचार आएको प्रति खेट प्रकट गर्दे गल्त रहेको बताए।
विज्ञप्तीमार्फत अध्यक्ष यादवले नेपाली काँग्रेसको साधारण सदस्यता समेत नरहेको साथै मतदाता नमावलीमा पनि नामहरु नरहेको केही व्यक्तिहरु कोरोना माहामारीमा खसी काटी भोज गर्नेै क्रममा जम्मा गरेको व्यक्तिहरु पर्टी प्रवेश गर्न आएका हुनकी भोजको लागि जमघट भएका हुन भने खोजविन गर्न पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।
नेपाली काँग्रेस प्रति आस्थावान कार्यकर्तालाई कसैले ललाई फकाई आफनो पक्षमा गर्न फलामको चिउरा चपाउन बरावर भएकाे उनकाे भनाई छ । जगरनाथपुर गाऊपालिकमा नेकपाका अध्यक्षले विकास निर्माणमा चरम लापरवाही, भ्रस्टाचारमा लिप्त जनप्रतिनिधिहरुको क्रियाकलापलाई बकुला ध्यानबाट निगरानी गरिरहेको नेपाली काँग्रेसको कार्यकर्ताहरुको मनोबल र ध्यानलाई भड्काउनको लागि केही ब्यक्तिहरुलाई भोज गरि पार्टी प्रवेशको विभिन्न मिडियामा आएको समाचार गल्त रहेको अध्यक्ष यादबले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७