काठमाडौँ – सिभिल मलका व्यापारीहरूले सामूहिक रूपमा पसलको चाबी सञ्चालकलाई बुझाएका छन्।
३ महिना पसल बन्द गरेर असार १ गतेदेखि सञ्चालन गरे पनि बोहोनी समेत नभएको अवस्थामा मल सञ्चालकले भाडा तिर्न लिखित र मौखिक रूपमा दबाव दिएको कारण चाबी बुझाउनु परेको सिभिल मल व्यापार संघले जनाएको छ।
‘यस्तो अवस्थामा सरकारले कर तिर्न ताकेता गर्नु, सावा ब्याज भुक्तानी गर्न व्यापारीलाई बैंकले दबाव गर्नु, बन्द अवधिको पनि कर्मचारीलाई तलब दिनुपर्ने र पसल भाडा तिर्नुपर्ने हामीलाई दबाव छ,’ संघको विज्ञप्तिमा उल्लेख छ।
सञ्चालकले असार २५ गते भाडा नतिरे बिलम्ब शुल्क लाग्ने चेतावनी दिएको संघले जनाएको छ।
अहिलेको अवस्थामा आम्दानी नै नभएको र भोलिको दिनमा पनि व्यापारको वातावरण नभएर भाडा तिर्न नसक्ने हुँदा चाबी बुझाइएको संघले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७