काठमाडौँ – जनता समाजवादी पार्टीले पहिचानको आन्दोलन र खोकना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जसपाको नेवाः राष्ट्रिय समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जनसरोकार समन्वय समितिको गठन पनि भएको छ । ४७ सदस्य रहेको उक्त समितिको संयोजकमा जसपाका काठमाडौँ जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापति रहेका छन् ।
समिति गठन पछि आफ्नो मन्तब्य राख्दै विभिन्न सम्पदा तथा जनसरोकार सम्बन्धी मुद्दामा एक्यबद्धता जनाइ अघि बढ्ने र पछिल्लो समय चर्किरहेको खोकनाको आन्दोलनमा पनि एक्यबद्धता जनाउने संयोजक प्रजापतिले बताए ।
समिति नहुदा पनि यस्ता मुद्दामा निरन्तर लागिरहेको र यस समितिको गठन पश्चात समन्वय अझ सशक्त रुपमा हुन्छ भन्ने विश्वासले जनसरोकार समन्वय समितिको गठन गरिएको जसपाका शिर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
नेपा: बैँकेटमा शुक्रबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७