काठमाडौं – विश्वभरका उड्डयन उद्योगमा १० लाख मानिसको रोजगारी खतरामा रहेको इन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले बताएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण अहिले संकटमा रहेको उड्डयन उद्योगमा ८४ अर्ब डलरको नोक्सानी हुनसक्ने अनुमान छ ।
यसै साता अमेरिकाका तीन सबैभन्दा ठूला विमान कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई यात्रामा आएको उल्लेख्य कमीको कारण ३६ हजार रोजगारी कटौती हुन सक्ने चेतावनी दिएको थियो ।
लगानी कम्पनी कोभेनका प्रबन्ध निर्देशक तथा सिनियर रिसर्च एनालिस्ट हेलेन बेकरका अनुसार महामारीको कारण अमेरिकी विमान कम्पनीहरुका साढे सात लाख कर्मचारीहरुमध्ये दुई चलाख कर्मचारी कटौती हुन सक्ने बताएका छन् ।
अमेरिकी विमान कम्पनीको संस्थाले अहिले सरकारलाई २५ अर्ब डलरको राहत प्याकेज बढाउन दबाब दिइरहेको छ । सरकारले दिएको सहयोग लिन कम्पनीहरुले आगामी सेप्टेम्बरसम्म आफ्ना कर्मचारीहरुलाई काममा राख्नुपर्ने हुन्छ ।
विश्वभरका २९० एयरलाइन्स कम्पनीको प्रतिनिधित्व गर्ने संस्था आईएटीएका प्रवक्ताले विमान क्षेत्रमा अहिले रोजगारीमा भइरहेको कटौतीले यो क्षेत्र कति संकटमा छ भन्ने कुरा स्पष्ट पारेको बताएका छन् ।
अहिले कोरोना भाइरस नियन्त्रणको लागि विश्वभरका धेरै मुुलुकहरुले हवाई उद्योगमा रोक लगाउने निर्णय गरिरहेका छन् । तर, यो निर्णय गर्दा त्यसबाट पर्ने आर्थिक अवस्थाको बारेमा पनि सोच्नुपर्ने बताइएको छ ।
स्रोत : बीबीसी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७