काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरूको संख्या आठ लाख नाघेको छ । अहिलेसम्म आठ लाख २० हजार ९१६ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र १७ हजार ११४ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कैदिनमा भेटिएका यो अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।
संक्रमित मध्ये २२ हजार बढीको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसको कारण २२ हजार १२३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५१९ जनाको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका पाँच लाख १५ हजार ३८५ संक्रमित निको वा डिस्चार्ज भएर फर्किसकेका छन् ।
भारतमा महाराष्ट्र, तामिलनाडु र दिल्लीमा कोरोना भाइरसका संक्रमित संख्यामा सबैभन्दा अगाडि देखिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३