युएई – युएईमा चार महिनामा ८९ जना नेपालीको मृत्यु भएको छ । यो संख्या कोरोना संक्रमणका कारण युएईमा गरिएको लकडाउन अवधिको हो । युएईमा मार्च २२ देखि लकडाउन सुरु भएको थियो ।
यो अवधिमा कोरोना संक्रमबाट मात्रै २९ जना नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणले मृत्यु हुनेहरुमा एक महिला र २८ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
कोरोनासंक्रमणबाट मृत्यु भएका २९ र अन्य कारणले मृत्यु भएका गरी ४२ गरी ७१ जनाको शवको युएइमै अन्त्येष्टि गरिएको छ । दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै अन्त्येष्टि गरिएको हो ।
बाँकी १८ शवमध्ये ११ जनाको नेपाल पठाइएको छ । ७ जनाको शव भने युएईको विभिन्न अस्पतालको शवगृहमा राखिएको छ । नियमित हवाई उडान नहुनु तथा अन्य विभिन्न कारणले शव नेपाल पठाउन समस्या भएको दूतावासले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३