काठमाडौँ – नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ४, मोरङका १, सुनसरीका १, सप्तरीका १, धनुषाका २७, महोत्तरीका ४, काठमाडौंका ३, कपिलवस्तुका ८, भक्तपुरका १, ललितपुरका ५ जना रहेका छन्।
यस्तै काभ्रेका १, म्याग्दीका २, दोलखाका १, मकवानपुरका १, रौतहटका ९, सिन्धुलीका १, बागलुङका २, पर्वतका १, स्याङजाका १, तनहुँका २, कपिलवस्तुका १, वर्दियाका २, दाङका २, रुकुमका २, बाँकेका १, दैलेखका २, जाजरकोटका १, सुर्खेतका ४१, बझाङका २, बैतडीका २, अछामका १ र कैलालीका ११ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १ हजार ७०५ जना संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १० हजार २९४ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७