काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले १४५ करार कर्मचारीको सम्झौता नविकरण नगर्ने भएको छ ।
असार मसान्तमा करार सम्झौता सकिएका १४५ जना करार कर्मचारीको सम्झौता नविकरण नगर्ने निर्णय भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘व्यापार नभएपछि हामीले खर्च कटौतीको उपाय खोजिरहेका छौं,’ उनले भनिन्, ‘स्थायी कर्मचारीबाटै कार्य सम्पदा हुनसक्ने क्षेत्रमा राखिएका करारका कर्मचारी कटौतीको निर्णय भएको हो ।’
पछिल्लो समय केही चार्टर फाइट गरे बाहेक चार महिनादेखि अख्तराष्ट्रिय तथा घरेलु उडान ठप्प छ । यो अवधिमा पनि कर्मचारीलाई नियमित तलव दिइएको एष्रलाइन्सले जनाएको छ । खड्काकाअनुसार एयरलाइन्समा करीव १५ सय कर्मचारी छन् । त्यसमध्ये ४ सय ५० हाराहारी कर्मचारी करारमा छन् ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङमा कार्यरत करार कर्मचारीको भने सम्झौता नपिकरण गरिएको छ । प्रशासनिक कार्यालयमा सरसफाई लगायतमा काम गर्ने कर्मचारीको सम्झौता नविकरण भएको छ । तर, प्रशासनका अन्य क्षेत्रमा स्थायी कर्मचारीबाट समेत सम्भव भएको क्षेत्रमा रहेका कर्मचारीको भने सम्झौता नविकरण नगरिएको नेपाल एयरलाइन्सले बताएको छ ।
नेपाल एयरलाइन्समा पाइलट र एयर होस्टेस करारमा छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा अत्यावश्यक नभएसम्म करारमा कर्मचारी नराख्न सबै सार्वजनिक संस्थानलाई निर्देशन दिएको थियो । संस्थानहरुले कर्मचारीको सेवा–सुविधा बढाउँदा समेत अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७