काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई आर्थिक क्षेत्रमा प्राथमिकता दिन बन्द गर्ने निर्णय गरेका छन् । हङकङमा नयाँ सुरक्षा कानुन लागू गरिएसँगै अमेरिकी राष्ट्रपतिले यस्तो निर्णय गरेका हुन् ।
ट्रम्पले आदेश जारी गर्दै हङकङको दर्जा पनि अब मुख्यभूमि चीनको जस्तै हुने बताएका छन् । ट्रम्पले हङकङमा नयाँ सुरक्षा कानुन ल्याउने अधिकारी माथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
चीनले ट्रम्पको यो कदमको आलोचना गरेको छ र यसको जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकाले नयाँ सुरक्षा कानुनले हङकङको स्वतन्त्रतामा खतरा उत्पन्न भएको बताएको छ । एक प्रश्नमा ट्रम्पले भने चिनियाँ समकक्षी सि चिनफिङसँग वार्ताको कुनै योजना नरहेको बताएका छन् ।
ट्रम्पले भने, ‘हामी कोरोनाा भाइरस (कोभिड-१९) को जानकारी लुकाउने र यसलाई विश्वभर फैलाउने मामिलामा चीनलाई पूर्णरुपम दोषी ठहर गछौँ ।’
यद्यपि कोरोना भाइरसको मामिलामा ट्रम्प सरकारमाथि पनि प्रश्न उठेको छ । अमेरिकामा सबैभन्दा बढी ३४ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । साथै अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख ३६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
ट्रम्पले हङकङलाई दिइएको विशेष सुविधा हटाउने निर्णय गर्दै भने, ‘कुनै विशेष सुविधा हुँदैन, कुनै विशेष आर्थिक सुविधा हुँदैन र संवेदनशील प्रविधिको निर्यात पनि हुँदैन ।’
ट्रम्पले गत मे महिनामा नै हङकङको विशेष दर्जा अन्त्य गर्ने शुरुवात हुने घोषणा गरेका थिए । त्यसका साथै अमेरिकी संसद्ले हङकङ स्वायतता विधेयक पारित गरिसकेको छ । यो कानुनले अमेरिकी प्रशासनलाई हङकङको स्वतन्त्रता कम गर्ने मानिस र संस्थालाई जिम्मेवार ठहर्याउन सक्ने ट्रम्पले बताएका छन् ।
सन् १९९७ मा हङकङ बेलायतले चीनलाई सुम्पिएको थियो । सन् १९८४ मा चीन र बेलायतको बीचमा हङकङको विषयमा सम्झौता भएको थियो । सम्झौतामा हङकङलाई विशेष दर्जा दिने विषयमा दुवै मुलुकको बीचमा सहमति जुटेको थियो ।
हङकङका लागि ल्याइएको नयाँ सुरक्षा कानुन यो सम्झौताको उल्लंघन रहेको बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३